पशुपतिको भित्तामा शिवका चित्र कोरिँदै, तस्बिरहरू हेर्नुहोस्
मङ्गलबार, १० फागुन २०७८, १४ : १६
महाशिवरात्रिलाई मध्यनजर गर्दै पशुपति विकास कोषले पशुपति क्षेत्रलाई सजाउने कामलाई तीव्र रूपले अगाडि बढाएको छ । भक्तजनहरूलाई आकर्षण गर्ने ध्येयले यो वर्ष कोषले पशुपतिभित्रका मठ मन्दिरसँगै बनेका भित्ताहरूमा भगवान् शिवको स्वरूपहरूको चित्रहरू बनाएका हुन् ।
तयारीबारे बुझ्न संस्कृति पर्यटन मन्त्री प्रेमबहादुर आले सो चित्रहरूसमेत अवलोकन गरेका थिए । फाल्गुन १ गतेबाट बनेका यी चित्रहरू राज श्रेष्ठ, रुद्रराज बस्नेत लगायत पाँचजना कलाकर्मीहरूको टिमले बनाएका हुन् । भारतको नयाँ दिल्लीमा यो चित्र कोर्ने तालिम लिएर साउदी कतारमा समेत आफूले यस्तो काम गरिसकेको बस्नेत बताउँछन् । महाशिवरात्रिलाई मध्य नजर गर्दै कोसले २९९ जना मूल आयोजक समिति बनाएको प्रवक्ता डा घनश्याम खतिवडा बताउँछन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण