तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन गृहमन्त्री खाणको आग्रह
गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गरे ।
रुपन्देहीको भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास गर्दै मन्त्री खाणले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावसमेत गरे । उनले त्यसका लागि सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सरकारको विश्वास रहेको बताए ।
उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्किन नसक्ने भन्दै संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुधार्न र परिस्कृत गर्न सकिने बताए । राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गर्दे गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएकाले आगामी निर्वाचनमा विश्वास गनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण