कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ । विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो । दश कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
तालिममा सिकेको सीप अधिकतमरूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाई रु दुई लाख ९० हजारमा खरिद गरी १० मेसिन जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताए ।
कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण