निर्वाचनमा ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउनेछन् : झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।
शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्नका लागि भोट किन्न ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् । नेता खनालले केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताए । यद्यपि उनले काँग्रेस सभापति शेरबहादुर देउवाले भने निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभएको उल्लेख गरे ।
उनले एमाले अध्यक्ष ओली पनि चुनावमा पैसाको बोरा बोकेर चुनावमा भिड्ने बताए । एमालेले आफुलाई हराउने रणनीति बनाइरहेको समेत खनालले बताए । उनले आफ्नो पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकोले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
-
दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा (तस्बिरहरु)
-
राजनीतिक स्वार्थ अनुसार निर्णय गर्ने थलो बन्दै महान्यायाधिवक्ताको कार्यालय
-
प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ : मन्त्री शर्मा
-
ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार भन्दा बढीको सहभागिता
-
प्रभु बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबिच छुट सम्झौता