निर्वाचनमा ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउनेछन् : झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।
शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्नका लागि भोट किन्न ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् । नेता खनालले केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताए । यद्यपि उनले काँग्रेस सभापति शेरबहादुर देउवाले भने निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभएको उल्लेख गरे ।
उनले एमाले अध्यक्ष ओली पनि चुनावमा पैसाको बोरा बोकेर चुनावमा भिड्ने बताए । एमालेले आफुलाई हराउने रणनीति बनाइरहेको समेत खनालले बताए । उनले आफ्नो पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकोले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन समेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण