सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

बुधबार, ०२ चैत २०७८, २३ : १२
बुधबार, ०२ चैत २०७८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

निगमका अनुसार पेट्रोल–डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५ र मट्टितेल रु १३८ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर रु १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २००,०० ले बृद्धि गरी नयाँ बिक्री नयाँ  बिक्री मूल्य प्रति कि.लि. अमेरिकी डलर १,४९५ कामय गरिएको छ ।   

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ । भारतीय आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो । सोही अनुसार निगमले नेपालमा पनि मूल्य बढेको बताएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप