मधेशबाटै जितेर दोस्रो पटक प्रधानमन्त्री भएँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी परिवर्तनविरुद्व प्रतिक्रान्तिकारीले षडयन्त्र गर्दै आएको भन्दै मधेसले जहिले पनि त्यस्ता षडयन्त्रलाई परास्त गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले प्रतिक्रान्तिकारीहरुकै षडयन्त्रका कारण संविधानसभाको दोस्रो निर्वाचनअघि माओवादी पार्टी विभाजित भएको बताए ।
त्यस्तो अवस्थामा २०७० सालको निर्वाचनमा आफूले काठमाडौं र सिरहा गरी दुई स्थानबाट चुनाव लडेको चर्चा गर्दै उनले काठमाडौंबाट आफू पराजित भए पनि मधेसकै सिरहाबाट भने विजयी भएर दोस्रो पटक प्रधानमन्त्री हुने अवसरसमेत मिलेको बताए ।
उनले १२ बुँदे समझदारी र शान्तिसम्झौतामा आउँदा नआउँदै मधेस क्रान्तिकारी कम्युनिस्टमय अर्थात् माओवादीमय भएको चर्चा पनि उनले गरे । उनले भने, ‘मधेस जब माओवादीमय भयो, शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रकृयालाई दुनियाँको कुनै तागतले रोक्न सकेन ।’ त्यतिबेला पनि शान्ति सम्झौता हुन नदिने, संविधानसभामा जान नदिने र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुन नदिन प्रतिक्रियावादीले अनेक चलखेल र षडयन्त्र गरेको उनले जिकिर गरे ।
‘त्यतिबेला नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने मान्छे, र पार्टीहरु अहिले पनि छँदैछन्,’ उनले भने, ‘तिनलाई देशी र विदेशी प्रतिक्रियावादीले मलजल गरिनै रहेका छन् ।’ आफूहरुको हतियार भनेको जनतासँगको एकता नै रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘हाम्रो संगठनलाई बलियो बनाएरमात्र त्यो प्रतिक्रान्ति, प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण