अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने
शुक्रबार, १८ चैत २०७८, १० : ३७
सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्ड अन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएको भन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो । उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण