शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पहाडी युवतीहरूमाथि अपमानजनक टिप्पणीपछि समस्यामा युट्युबर भुवन बाम

शनिबार, १९ चैत २०७८, ०७ : २९
शनिबार, १९ चैत २०७८

युट्युबर भुवन बाम विवादमा मुछिएका छन् । भुवनले पहाडी युवतीमाथि गरेको टिप्पणीलाई लिएर राष्ट्रिय महिला आयोगले दिल्लीका प्रहरी आयुक्तलाई पत्र लेखेर कारबाही गर्न माग गरेको हो । यसको साथै भारत सरकारको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयलाई भुवनविरुद्ध कारबाही गर्न पनि माग गरिएको छ । विवादमा तानिएपछि भुवनले सार्वजनिक रूपमा माफी मागेका छन् ।

राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जाल पोष्टमा लेखेको छ, ‘हामीले यस विषयमा ध्यानाकर्षण गरेका छौँ। आयोगकी अध्यक्ष रेखा शर्माले दिल्लीका प्रहरी आयुक्तलाई एफआईआर दर्ता गर्न र यस विषयमा कडा कारबाही गर्न पत्र पनि लेखेकी छिन् । साथै महिलाको मर्यादा हनन गर्ने युट्युब च्यानललाई कारबाही गर्न विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई पत्र पनि लेखिएको छ ।'

आयोगको पोस्टपछि भुवनले माफी माग्दै भने, 'मेरो भिडियोको केही भागबाट केही व्यक्तिलाई चोट पुगेको थाहा पाएको छु । मैले भिडियो सम्पादन गरेर त्यो भाग हटाएँ । मलाई चिन्नेहरूलाई पनि थाहा छ म नारीलाई कति सम्मान गर्छु । मैले यो भिडियो मार्फत कसैको मन दुखाउन खोजेको होइन। सबैसँग माफी चाहन्छु।'

भर्खरै भुवन बमले आफ्नो च्यानलमा एउटा भिडियो अपलोड गरेका छन् । जसमा उनले पहाडी युवतीहरूमाथि अपमानजनक टिप्पणी गरेका थिए । सोही भिडियोमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाउँदै राष्ट्रिय महिला आयोगसँग कारबाही गर्न माग गरेका थिए । त्यसपछि अन्य धेरै प्रयोगकर्ताहरूले पनि आपत्ति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप