बानेश्वरमा युवकलाई खुकुरी प्रहार गरेका आरोपी एक महिनासम्म समातिएनन्
काठमाडौंको बानेश्वरमा युवकमाथि खुकुरी प्रहार भएको करिब एक महिना भएको छ । फागुन २६ मा अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए ।
तर, सो घटनामा संलग्न आरोपीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको थियो ।
बोगटी नेकपा एमाले निकट युवासंघमा आवद्ध छन् । पीडित परिवारले युवासंघमा नै आवद्ध अर्का युवाले खुकुरी हानेको दाबी गरेका छन् । युवकमाथि खुकुरी प्रहार गर्ने अरोपीको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
घटनास्थल महानगरीय प्रहरी वृत बानेश्वरको क्षेत्राधिकारमा पर्छ । तर, बानेश्वर वृत्तका डिएसपी मिमबहादुर लामाले सो घटनामा संलग्न आरोपी पक्राउ गर्न आनाकानी गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
