क्यानडाका राजदूतले उद्योग मन्त्री बडूलाई भने–नेपालमा लगानी बढाउन तयार छौं
नेपालका लागि क्यानडाका राजदूत क्यामेरोन डिन क्याक्यीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेका छन् । राजदूत क्यामेरोनले आज मन्त्रालयमै पुगेर नवनियुक्त मन्त्री बडूसँग भेट गरेका हुन् ।
भेटघाटका क्रममा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ । छलफलमा मन्त्री बडूले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बडूले बताए । क्यानडा सरकारले आगामी दिनमा पनि नेपाललाई यस्तै सहयोग गर्नेमा मन्त्री बडूले विश्वास व्यक्त गरे ।
छलफलमा राजदूतले क्यामेरोनले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए । क्यानडा सरकार तथा अन्य लगानीकर्ताहरूमार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताउँदै उनले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतीमार्फत विश्वास सृजना गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण