केजीएफ–२ ले रच्यो नयाँ इतिहास
यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब १०० करोडको बजेटमा बनेको यस फिल्मको कूल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ ।
योसँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशतभन्दा बढी कमाएको छ । यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ-२ ले उद्घाटन दिनमा नै ५३.९५ करोड रुपैयाँ सङ्कलन गरेको बताए। फिल्मलाई ऐतिहासिक भएको भन्दै मनोबालाले केजीएफ–२ भारतको पहिलो फिल्म हो जसले बलिउड फिल्मलाई पनि पछाडि छोडेको बताए । यसअघि ऋतिक रोशनको वारले ५१ करोड र राजामौलीको फिल्म आरआरआरले २० करोड कमाएको थियो ।
केजीएफ–२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ। मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले जम्मा ४४०० स्क्रिन पाएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
-
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण