बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा

आइतबार, ०४ वैशाख २०७९, १६ : ५०
आइतबार, ०४ वैशाख २०७९

गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उनी कालीमाटी, ढाडा, गैरापधेँरालगायत स्थानमा पुग्ने गथिन् । ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो  तर पछिल्लो एक महिनादेखि उनको घरमा खानेपानीको धारा आएको छ ।

घरमै पानी आउन थालेपछि उनको दैनिक जीवन धेरै सहज बनेको छ । कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारीले सुनाइन् । “बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उनले भनिन्, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्यो ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उनको भनाइ थियो । 

“घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भनिन्, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।” घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिन्छन् । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उनको घरमा खानेपानीको धारा जडान भएको छ । “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भनिन्, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्तौँदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ । 

त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उनले भनिन्, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।”

चुनावी वाचा पूरा ग¥र्यौं : वडाध्यक्ष

म्यालपोखरीमा ‘एक घर, एक धारा’ अवधारणाअन्तर्गत लिफ्टिङ प्रविधिबाट पानी पु¥याइएको छ । संघ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत् तल्लो लुप्सी खानेपानी आयोजना सञ्चालन गरिएको हो । त्यस्तै वडाभित्र केही साना आयोजना सञ्चालन गरी कूल ३२५ घरमा खानेपानीको धारा पु¥याइएको वडाध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिए । म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि सञ्चालनमा छन् । जसका लागि चार करोडभन्दा बढी रकम खर्च हुने अनुमान छ । “पानी पु¥याउने प्रतिबद्धता जनाएर भोट मागेका हौँ”, वडाध्यक्ष भट्टराईले भने, “विश्वास गरेर भोट दिनुभयो, हामीले चुनावी वाचा पूरा ग¥र्यौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप