बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रालाई दूव्र्यवहार गर्ने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति

सोमबार, ०५ वैशाख २०७९, १९ : ३७
सोमबार, ०५ वैशाख २०७९

नवलपरासी जिल्लाको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दूव्र्यवहार गरेको विषयमा पिडित पक्षले किटानी जाहेरी  दिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप आदेश लिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा किटानी जाहेरी दिएपछि प्रहरीले म्याद थपको आदेश लिएर थप अनुसन्धान प्रक्रिया आगाडि बढाएको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत एक छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको घटना आइतबार बाहिर आएपछि  विद्यालयमा तोडफोड भएको थियो । आज पिडित पक्षले शिक्षकलाई लिखित रुपमा किटानी जाहेरी दिएपछि प्रहरीले म्याद थपको आदेश लिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) डिएसपी सन्तोष पाठकले बताए । शिक्षकलाई प्रहरीले आइतबारे नियन्त्रणमा लिएको थियो ।

विद्यार्थीहरुले प्रधानाध्यापक तथा शिक्षकको मोटरसाईकल तोडफोड गरेपछि लफडा भएको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय गौडाकोटा प्रहरी निरीक्षकसहित १० जना घाइते भएका थिए । घटना केही दिनअघि भएपनि हिजो विद्यार्थीहरुले थाहा पाएपछि कारबाहीको माग गर्दै तोडफोड गरेका थिए । प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित भएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप