बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङमा कार्यरत प्रहरीका सई ३८ हजार घुससहित अख्तियारको नियन्त्रणमा

मङ्गलबार, ०६ वैशाख २०७९, २१ : १८
मङ्गलबार, ०६ वैशाख २०७९

बाग्लुङ स्थित गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी नायव निरिक्षक (सई) रुपनारायण महतोलाई अख्तियारले पक्राउ गरेको छ । प्रनानी महतोलाई ३८ हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए । 

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बाग्लुङ नगरपालिका–२ बाट पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । प्रनानी महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बाग्लुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद्दा मिलाउँछु भनेर घुस मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप