सदर चिडियाखानामा ‘चिम्पान्जीको घर’ बनाइयो
सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ ।
शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरि निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ ।
चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीबा बच्चा २०७४ साल असोज ३१ गते अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उद्धार गरी चिडियाखानामा ल्याइएको जनाइएको छ । चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ । चिम्पान्जीलाई मौसम अनुसारको फलफूल, सागसब्जी, दुध, पाउरोटी, मह खुवाउने गरिएको छ ।
चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिनुभएको जानकारी दिइएको छ । चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियान अन्र्तगत चिडियाखानाका वन्यजन्तुहरुको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्च लगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले स्पष्ट पारेको छ ।
१२० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल ११३ प्रजातिका विभिन्न वन्यजन्तुहरू प्रदर्शनीमा रहेका छन् । सदर चिडियाखानाले वार्षिक रुपमा औसत ३०० वन्यजन्तुको उद्धार गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण