भूकम्पको जोखिममा सुदूरपश्चिम
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा.सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरूलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्प नगएको र त्यहाँ भूकम्पको इनर्जी जम्मा भएर बसी रहेकोले बेलैमा सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले त्यहाँ रहेका निजी आवासहरूलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ बनेका सम्पदाहरू पुरानो र बिना प्रविधिबाट बनेको भएकोले धेरै क्षति हुने अनुमान लगाउन सकिने बताए ।
उनले बेलैमा प्राकृतिक विपद्बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण