शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विराटनगर महानगरको चुनाव : नागेश कोइरालाले थाले घरदैलो

बिहीबार, १५ वैशाख २०७९, १३ : ३६
बिहीबार, १५ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् ।
    
निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहेका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने दाबी गरे ।
कोइरालाको साथमा विभिन्न वडाका उम्मेदवार पनि खटिएका छन्। घरदैलो कार्यक्रमका क्रममा कोइरालाले महानगरको नेतृत्व कांग्रेसमा आएमा जनताको चाहना, भावना अनुसार काम गर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप