सवारी दुर्घटनामा एक जनाको मृत्यु
बिहीबार, १५ वैशाख २०७९, १६ : ५५
सुनसरीको हरीनगरा गाउँपालिका(४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकल चालक स्थानीय ४९ वर्षीय प्रदिप साह घाइते भएका थिए ।
घाइते भएका साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक विराटनगर-१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण