प्राधिकरण र हवाई कम्पनीबीचको विवाद समाधान गर्न उपसमिति गठन
शुक्रबार, १६ वैशाख २०७९, १४ : २९
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ बीचको विवाद समाधानका लागि ९ सदस्यीय उप समिति गठन भएको छ । सोही समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।
आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ र प्राधिकरणका प्रतिनिधिबीच वार्तामा भएको थियो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरेको संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए ।
आन्तरिक उडानलाई अब दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलित भएका थिए । बिहीबार नै विज्ञप्तिमार्फत संघले माग पुरा नभए आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
