काँग्रेसका बागी उम्मेदवारमाथि कारबाही
गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् ।
काँग्रेससहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई काँग्रेसको विधान, २०१७ (संशोधनसहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहने गरी निष्कासन गरिएको काँग्रेस खोटाङले जनाएको छ ।
गत १२ वैशाखमा मनोनयन गर्नेक्रममा गठबन्धनबाट तोकिएको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका तामाङलाई पार्टीकातर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिइएकाले कारबाही गरिएको काँग्रेस खोटाङको अनुशासन विभागका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा काँग्रेसको उम्मेदवार राजदेश राईविरुद्ध बागी उठेका उम्मेदवारलाई समेत कारबाही गर्ने जनाइएको छ ।
ऐसेलुखर्क गाउँपालिकामा गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई र उपाध्यक्षमा काँग्रेसका राजेश राजभण्डारीलाई उम्मेदवार बनाएको अवस्थामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गठबन्धन दलले बागी उम्मेदवार दिने नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अन्यथा कारबाही गर्ने चेतावनी दिए पनि तामाङले ‘ब्याक’ हुन अस्वीकार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण