माओवादी केन्द्रले गर्यो १४ बागी उम्मेदवारलाई कारबाही
नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले स्थानीय निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । प्रदेश समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले १४ जनालाई अनुशासनको कारबाही गरिएको जानकारी गराएका हुन् ।
कारबाहीमा पर्नेमा प्रदेश सदस्यहरू केपी बराल, भीम बहादुर अधिकारी, उदयपुरका प्रदेश विभाग प्रमुख यदु ढकाल छन् । उनीहरूलाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको छ । यस्तै पार्टी सदस्यबाटै निलम्बनमा पर्नेहरूमा उदयपुरका सावित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जामगर, रामप्रसाद बराल र सन्तोष सुवेदी रहेका छन् । यस्तै धनकुटाका सिताराम श्रेष्ठ, ताप्लेजुङका जीवन ताम्लिङ र सुनसरीका राम विष्ट पनि निलम्बनमा परेका छन् ।
उनीहरूलाई पार्टीको आधिकारिक उम्मेदवारहरको विरुद्धमा र पार्टीको निर्णय विपरीत उम्मेदवारी दर्ता गर्नेलाई कारबाही गरिएको हो । पार्टीको विधानको धारा ५६ (१) ज अनुरूपको कसुर ठहर गरी धारा ५६ (२) अनुसार प्रदेश समितिका सस्यहरूलाई निष्कासनको सिफारिस तथा प्रदेश मातहतका अन्य समितिका सदस्य र पदाधिकारीलाई पार्टी सदस्य र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिदेखि लागू हुने गरी निलम्बन गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण