शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धरान उपमहानगरमा बन्यो चार दलीय गठबन्धन (विज्ञप्तिसहित)

मङ्गलबार, २० वैशाख २०७९, १५ : ५८
मङ्गलबार, २० वैशाख २०७९

धरानमा पुन चार दलीय गठबन्धन बनेको छ । सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै धरानको मेयर र उपमेयरमा उम्मेदवारी दिएको जनता समाजवादी (जसपा) पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएपछि नयाँ सहमति भएको हो । 

सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाएर गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको हो । सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार लोकतान्त्रिक वाम गठबन्धनका नाममा ८ बुँदे सहमति गरेर सार्वजनिक गरेका छन् ।

जसअनुसार अव जसपाले गठबन्धनका मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघालाई सघाउने छ । धरानमा गठबन्धन दलहरूबीच मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति छ । नेकपा एकीकृत समाजवादीले पनि यसअघि धरानमा दिएको मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ । 

यस्तो छ सहमति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप