स्थानीय चुनाव : विराटनगरमा ओलीको सहभागितामा एमालेको आमसभा
नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।
स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरूको सहभागिता रहने ढकालले जानकारी दिए । सोही दिन अध्यक्ष ओलीले मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीलगायत अन्य विभिन्न पालिकाहरुमा हुने कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम तथा गरिएको केन्द्रीय सदस्य ढकालले बताएका छन् ।
त्यस्तै अध्यक्ष ओली अपरान्ह विराटनगरका उद्योगी व्यावसायी, नागरिक अगुवा तथा वुद्धिजीवीहरुबीच चुनावी परामर्श गरिने कार्यक्रम सहभागी हुने बताइएको छ । अध्यक्ष ओली वैशाख २५ गते बिहान काठमाण्डौ फर्किने कार्यक्रम रहेको संयोजक ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण