दिल्लीमा तीन नेपाली लागु औषधसहित पक्राउ
दिल्ली प्रहरीको एन्टी नार्कोटिक्स सेलले सोमबार १५.१५५ किलोग्राम चरेससहित तीन नेपाली लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका धनन्जय राई, आशिष राई र कञ्चमान योञ्जन रहेका छन् ।
प्रहरीले अभियुक्तको साथबाट एउटा तौल गर्ने मेसिन र नौवटा प्याकिङ पोलिथिन समेत बरामद गरेको छ । उक्त लागू औषधको मूल्य ६० लाख भारतीय रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीलाई लागू औषध बोकेर अपरिचित व्यक्तिलाई पुर्याउन आउन लागेको खास जानकारी प्राप्त भएको थियो ।
सूचनाको आधारमा प्रहरीले बाला साहेब गुरुद्वारा नजिकै जाल बिछ्याएको थियो । केही समयपछि प्रहरीले तीन जनालाई गुरुद्वारा तर्फ आउँदै गरेको देखे । तीमध्ये एकजनाले आफ्नो पछाडि झोला बोकेका पनि थिए । लागू औषध कारोबारीहरुको आवागमनको बारेमा गोप्य सूचना दिनेले प्रहरीलाई संकेत गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण