शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दुहबीमा अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छुरा प्रहार

मङ्गलबार, २७ वैशाख २०७९, ०९ : ४५
मङ्गलबार, २७ वैशाख २०७९

दुहबी / सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ । घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको  मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफू माथि छुरा प्रहार गरेको बताएका छन् ।

सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए ।  घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देव माझीले घटनाको अनुसन्धान भइरहेको बताए । यो घटना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन । केही दिन अगाडी मात्र सोही वडाको छाता बेलिमा एमाले कार्यकर्ता र नेपाली काँग्रेसको कार्यकर्ताबीच झडप भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप