खोटाङमा मादक पदार्थ बिक्री वितरणमा रोक
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ ।
प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राति १० बजेसम्म सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विद्युत सेवा, अस्पताल सेवा, शव बाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधनमा पनि रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण