माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष प्रचण्डको आग्रह
मङ्गलबार, २७ वैशाख २०७९, २१ : ५०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले भिडियो सन्देशमार्फत शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
संविधान जारी पछि नेपालमा दोस्रो स्थानीय तहको निर्वाचन हुन गइरहेको बताउँदै उनले परिवर्तनका, संविधान, गणतन्त्र र संघीयताका पक्षधरलाई विजय गराउन समेत अपिल गरे । संविधानसभाबाट संघीय लोकतान्त्रिक, गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली स्थापित गर्नको लागि माओवादी केन्द्रले संघर्ष र बलिदान गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे