शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीरले भने - ट्रोलले केही फरक पर्दैन

शनिबार, ३१ वैशाख २०७९, १७ : ५२
शनिबार, ३१ वैशाख २०७९

बलिउड अभिनेता रणवीर सिंहले आफू र पत्नी अभिनेत्री दीपिका पादुकोणलाई ट्रोलले कुनै फरक नपर्ने बताए । उनले आफू सत्यतामा विश्वास गर्ने भन्दै ट्रोलको पछि समेत नलाग्ने स्पष्ट पारे ।

‘मानिसहरु जव टिप्पणी गर्छन् । म उहाँहरुको कुरा बुझ्छु र उहाँहरुलाई मेरो समवेदना व्यक्त गर्दछु’ सिंहले भने ‘भनिन्छ, कि जव तपाई कुनै व्यक्तिमा कुनै कमजोरी देख्नु हुन्छ वा उसको बारेमा केही नकारात्मक भन्नुहुन्छ । त्यसले तपाई वास्तविक जीवनमा कस्तो व्यक्ति हो भनेर देखाउछ ।’ तपाइका विषयमा बाहिर फैलेने हल्लाको कुनै प्रतिक्रिया दिनु छ रु प्रश्नमा उनले जवाफ दिए ‘ मलाई राती सुत्दा थाहा हुन्छ, कि म इमानदार र मनको राम्रो छु । राम्रो काम गर्छु । त्यसैले मानिसहरुको टिप्पणीले मलाई कुनै प्रभाव पर्दैन ।’

रणवीरको पछिल्लो फिल्म ‘जयशभाई जोरदार’ शुक्रबारबाट रिलिज भएको छ । फिल्ममा सिंहको अलवा शालिनी पाण्डे, बोमन इरानी र रत्नाको समेत मुख्य भुमिकामा देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप