बुद्धको जन्मस्थल लुम्बिनीको चेतनास्तर र ऊर्जा नै फरक छ : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालस्थित गौतमबद्धको जन्मस्थल लुम्बिनीको ऊर्जा र चेतनास्तर नै फरक भएको बताएका छन् । उनले आज २५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘जहाँ गौतम बुद्धले जन्म लिएका थिए । यो स्थानको चेतना स्तर र ऊर्जा नै फरक छ,’ मोदीले भने, ‘यहाँको चेतना स्तर र ऊर्जा अन्य स्थानको भन्दा फरक र उच्च छ ।’
यस्तै उनले बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी लागेको बताएका छन् । ‘मैले सन् २०१४ मा महाबौद्ध वृक्ष रोपेको थिए । त्यो आज बढेर ठुलो वृक्ष बनिसकेको छ । यो देख्दा मलाई खुसी लाग्यो,’ उनले भने, ‘चाहे पशुपतिनाथ होस वा मुक्तिनाथ होस । वा जनकपुरधाम वा लुम्बिनीमा जब जब नेपाल आउँछु । नेपाल आफ्नो आध्यात्मिक आशीर्वादबाट मलाई कृतार्थ गर्छ ।’
भारतमा बन्न लागेको भव्य राम मन्दिरबाट नेपाली पनि खुसी छन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले भारतमा बनाइरहँदा नेपाली समेत खुसी रहेको बताएका छन् । उनले नेपाल बिना भारतका राम समेत अपूर्ण हुने बताएका हुन् । ‘मैले जनकपुरधामको भ्रमणका क्रममा भनेको थिए नेपालबिना भारतका राम पनि अपूर्ण हुन्छन्,’ प्रधानमन्त्री मोदीले भने, ‘भारतमा बनिरहेको भव्य मन्दिरबाट नेपाली समेत खुसी छन् ।’ नेपाल विश्वकै उच्च पर्वत सगरमाथाको देश रहेको भन्दै उनले भने, ‘नेपाल अर्थात पवित्र धार्मिक स्थल, मठ/मन्दिरको देश हो ।’ यस्तै, नेपालले दुनियाँको प्राचीन सभ्यता र संस्कृतिको संरक्षण गरेर राखेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु