हेटौंडामा राप्रपाले गठबन्धनलाई उछिन्यो
मङ्गलबार, ०३ जेठ २०७९, ०७ : ५८
हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२ हजार ८५० गणना हुँदा सिंहले ८२६५ मत प्राप्त गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्।
लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन् । त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्। उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’
-
प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा
-
ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले