सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा राप्रपाका दीपक सिंहको अग्रता कायमै

मङ्गलबार, ०३ जेठ २०७९, २० : ००
मङ्गलबार, ०३ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा २७ हजार ४६२ मत गणना हुँदा राप्रपा अगाडि बढेको छ । राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् । 

सिंहले लामालाई ४८ मतले पछाडि परेको अवस्था छ । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले भने ७ हजार १३१ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप