सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगरपालिका : मीनाले अग्रता बनाउँदा कसको कति मत ?

बुधबार, ०४ जेठ २०७९, १३ : १९
बुधबार, ०४ जेठ २०७९

हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । मेयरमा हालसम्म ३७,९९४ मतगणना हुँदा मिना लामाले  ११८७९ मत पाएकी छन् भने राप्रपाका दिपक सिंहले ११०४५ मत पाएका छन् । 

यस्तै तेस्रो स्थानमा एमालेका अनन्त पौडेल रहेका छन् । उनले १०७४४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ११८९५ मत पाउँदा काँग्रेसका राजेश बानियाँले १६९६७ मत पाएका छन् । यस्तै राप्रपाकी इन्दिरा न्यौपानेले २७७८ मत पाएकी छन्  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप