शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपकै पहिलो : स्पेनले प्रस्ताव गर्‍यो महिनावारी हुँदा तलबी बिदा दिने कानुन

बुधबार, ०४ जेठ २०७९, १६ : १२
बुधबार, ०४ जेठ २०७९

स्पेनको वामपन्थी सरकारले मंगलबार महिला अधिकारलाई थप सबल बनाउने एक विधेयकलाई सार्वजनिक बहसमा लान स्वीकृति दिएको छ ।  विधेयकले गर्भवती महिलालाई गर्भपतनमा थप अधिकार सुनिश्चिता गरेको छ । यो कानुन पास भएमा महिनावारीको समयमा दुखाई महसुस गर्ने महिलाले तलबी बिदा पाउनेछन् । कानुन अनुसार महिलाले पाउने तलबी सुविधाको खर्च राज्यले बेहोर्नेछ ।

यो कानुन पास भएमा स्पेन रजस्वला अवधिमा महिलालाई बिदा दिने पहिलो युरोपेली मुलुक हुनेछ । अहिले स्पेनमा सोसलिष्ट पार्टी नेतृत्वको अल्पसंख्यक सरकार छ । उसले नयाँ विधेयकले महिलाको गर्भपतनमाथिको पहुँचलाई थप सुनिश्चित गर्ने आशा लिएको छ ।

विधेयक संसदबाट पास भएमा १६–१७ वर्षका किशोरीले आफ्नो गर्भपतन गर्न अभिभावकको अनुमती लिनु पर्दैन । यही विधेयकमा गर्भवती महिलालाई ३९ औं हप्तादेखि तलबी बिदा दिने विषय पनि समावेश छ ।

त्यस्तै विद्यालय र स्वस्थ्य केन्द्रजस्ता सार्वजनिक स्थानमा महिनावारीसम्बन्धी सामग्री निशुल्क उपलब्ध गराइने सुनिश्चितता गराउने लक्ष लिएको छ ।  मस्यौदाले स्पेनमा पहिलेदेखि गैरकानुन मानिने ‘सरोगेट गर्भाधारण’ लाई महिलामाथिको हिंसाको रुपमा व्याख्या गरेको छ । सरोगेसीमा कुनै दम्पतीको भ्रूण प्रविधिको प्रयोग गरेर अर्को महिलाको गर्भमा राखेर हुर्काइन्छ ।

मस्यौदालाई सरकारले स्वीकृति दिएपछि स्पेनमा तलबी महिनावारी बिदाका फाईदा बेफाइदाबारे बहस सुरु भएको छ । ‘केही सस्थानले महिलालाई अतिरिक्त बिदा दिनुपर्ने भएपछि महिलालाई भन्दा पुरुष कर्मचारीलाई लिने सम्भावना बढ्छ,’ २१ वर्षका विद्यार्थी पाब्लो मार्टिनले भने ।

महिलाहरुले भने तलबी महिनावारी विदाको व्यवस्था प्रति आम सहमती देखाएका छन् । प्रस्तावित विधेयक अहिले सार्वजनिक बहसमा लगिएको हो । बहसपछि पुन त्यसबारे क्याबिनेटमा छलफल हुनेछ । त्यसपछि बल्ल यसमाथि तल्लो सदनमा मतदानमा जानेछ । यो विधेयक कानुनका रुपमा आउन केही महिना लाग्नेछ ।

रोयर्टसबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप