सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

बुधबार, ०४ जेठ २०७९, १८ : १२
बुधबार, ०४ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार साहले ४ हजार ४६६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हिराले ३ हजार २३ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २२४ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार रहेका जसपा नेपालका लालकिशोर साहले १ हजार २११ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले ५८८ मत पाएका छन् ।

त्यसैगरी उपमेयरमा भने गठबन्धनको तर्फबाट कांग्रेसका किशोरी साहले ४ हजार ५९३, नेकपा एमालेकी रूणादेवी  झाले ३ हजार २७०, स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले १ हजार ४९६ र लोसपा नेपालकी रिताकुमारी मिश्रले १ हजार २७२ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप