सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा अघि बढिन् मीना लामा, पछि परे राप्रपाका दीपक

बुधबार, ०४ जेठ २०७९, १८ : ४०
बुधबार, ०४ जेठ २०७९

हेटौडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । उनले राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले भन्दा ६२७ मत बढी ल्याएकी हुन् । यसअघि दीपकले उनलाई कडा टक्कर दिँदै आएकोमा अहिले भने अघि बढेकी हुन् । 

मेयर पदमा  ४२,१९० गणना सकिँदा लामाले १३,६९८ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार सिंहले १३०६२ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार  अनन्त पौडेल भने १२६०१ मत पाएर तेस्रो स्थानमा छन् । 
उपमेयरमा काँग्रेसका उम्मेदवार राजेश बानियाले  २०,६०६ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १५२६० मत पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप