४३ वर्षकी कनिकाले दोस्रो पटक विवाह गर्दै
‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले २० मे अर्थात् आज आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छिन् । यो कनिका कपुरको दोस्रो विवाह हो । कनिकाको विवाह अघिका तस्बिर सोसल मिडियामा अत्यधिक चर्चित भइरहेको छ । कनिकाको हल्दीपछि अब उनको मेहेन्दीको फोटो सार्वजनिक भइरहेका छन् ।
कनिका कपुरले इन्स्टामा मेहेन्दीको तस्बिर सेयर गर्दै लेखिन्, ‘जी, आई लभ यु सो... मच !’ उनको तस्बिरमा प्रशंसकले शुभकामना र माया प्रदान गरिरहेका छन् ।
कनिका कपुरका श्रीमान् गौतम एनआरआई व्यापारी हुन् । विवाह अघिका सबै कार्यक्रम लण्डनमा भएको हो । विवाह पनि त्यहाँ नै हुनेछ । यसअघि कनिका कपुरले एनआरआई राज चन्दोकसँग विवाह गरेकी थिइन् । यो विवाहबाट कनिकाका तीन सन्तान छन् । उनीहरुको नाम अयाना, समारा र युवराज हो ।
कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा भएको थियो । उनी सन् २०१२ सम्म पहिलो श्रीमान्सँगै बसिन् । त्यसपछि उनको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् । विवाह टुटेपछि कनिका कपुर मुम्बई गइन् र उनी गायनमा लागिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण