आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरको नतिजा आजै आउने, ७ हजार मत गन्न बाँकी

शुक्रबार, ०६ जेठ २०७९, १८ : ५४
शुक्रबार, ०६ जेठ २०७९

विराटनगर महानगरपालिकाको मतगणना सकेर आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार आजै रातीसम्ममा अन्तिम मत परिणाम आउनेछ । 

भर्खरै घोषित मतपरिणाम अनुसार अहिलेसम्म ८२ हजार ५ सय २७ मत गणना भएको छ । जसमा प्रमुख पदमा काँग्रेसका नागेश कोइराला २७ हजार २ सय ६४ मतका साथ अग्रस्थानमा छन् । कोइरालाका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार १७९ मत पाउँदा राप्रपाका प्रल्हाद साहले ४ हजार ९३५ मत पाएका छन् । 

उपप्रमुखमा भने शिल्पा कार्कीले २३ हजार ६३१ मत ल्याउँदा गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १३ हजार २ सय ३४ मत पाएका छन् । राप्रपाकी विन्दा लुइँटेलले सोही पदमा ६ हजार ३५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ८२८ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप