सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङमा एक घण्टा ढिलोगरी मतगणना सुरु

आइतबार, १६ वैशाख २०८१, १४ : २२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेशसभा (१) को मतगणना सुरु भएको छ । दिउँसो एक बजेदेखि सुरु गर्ने भनिएको मतगणना २ बजेमात्र सुरु भएको हो । 

छबिसपाथिभेरा गाउँपालिकाको वडानम्बर १ र २ बाट मतगणना सुरु गरिएको हो । 

शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप