प्रेसमिटमै वरुणले अभिनेत्री कियारलाई बोकेर भागेपछि...
सोमबार, ०९ जेठ २०७९, १४ : २२
वरुण धवन र कियारा आडवाणी अभिनित फिल्म ‘जुग जुग जियो’ को ट्रेलर रिलिज भएको छ । मुम्बईमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर रिलिज गरिएको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता वरुणले अभिनेत्री कियारलाई बोकेर भागेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वरुणले किन र केका लागि त्यसो गरे केही खुलाइएको छैन ।
भिडियोमा फ्यानले कमेन्ट बर्षा गरिरहेका छन् । एक युजर्सले लेखेका छन्, ‘हरेक दुलही लिएर भाग्छन् ।’ अर्का एक युजर्सले लेखेका छन् ‘सारै मिलेको जोडी ।’ राज मेहताको निर्देशनमा बनेको फिल्म ‘जुग जुग जियो’ मा वरुण र कियाराको अलवा अनिल कपुर, नीतु कपुर, प्राजक्ता कोली, मनीष पाल, टिस्का चोपडाको मुख्य भूमिका छ । करण जौहर निर्माता रहेको फिल्म २४ जुन २०२२ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण