निर्वाचन आयोगसँग ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय
कमल थापा नेतृत्वको राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
बैठकले हिन्दू राष्ट्र पुनस्र्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । राप्रपा नेपालको ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैंया नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णय पनि भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पार्टी स्थापनाको छोटो समयमा नै स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट खडा हुने उम्मेदवारहरू लगायत राप्रपा नेपालप्रति सद्भाव देखाएर मतदान गर्ने सबै मतदाताहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
बैठकले पेट्रोलियम पदार्थमा गरिएको अत्याधिक मूल्यवृद्धिको विरोध गर्दै मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ । यो स्थानीय तह निर्वाचनमा राप्रपाले कुनै सिट जित्न सकेको थिएन । तर नयाँ पार्टी भएकाले उपस्थितिलाई मात्रै पनि राप्रपाले उपलब्धीको रुपमा विश्लेषण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !