शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी

मङ्गलबार, १० जेठ २०७९, १० : ०२
मङ्गलबार, १० जेठ २०७९

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेका मेयर श्याम कुमार श्रेष्ठ र उपमेयरमा मान्ती साह विजयी भएका छन्। आज विहान सम्पन्न मतपरिणाम अनुसार श्रेष्ठ ७ हजार ९०८ मत र साह ७ हजार ७०३ मत सहित विजयी भएका हुन् ।

मेयरका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा माओवादीका उम्मेदवार देवनाथ साहले ५ हजार ७०१ मत र नेपाली काँग्रेसका राजदेव साह (लालबाबु)ले ५ हजार ६४३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनएको छ।

उपमेयरका निकटतम निवर्तमान उपमेयर तथा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेशम कुमारी थापाले ५ हजार ६४३ र नेपाली काँग्रेसकी शान्ती सदायले ४ हजार ९६५ मत प्राप्त गरेकी छिन् । 

गोलबजार नगरपालिकाको १३ वडाहरुमध्येय ६ मा नेकपा एकाले, ३ मा नेपाली काँग्रेस र २÷२ वडामा नेकाप माओवादी केन्द्र र जनता समाजवादी पार्टी विजयी भएको छ। नेकपा एकालेबाट वडा नम्वर २ मा सुकदेव सिंह, ६ मा संजित लामा, ७ मा हरिशंकर ठाकुर, ८ मा देवनारायण महतो, १० मा उपेन्द्र कुमार मुखिया र १२ नम्वर वडामा गणेश मुखिया विजयी भएका छन्।

नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ४ मा सकलदेव यादव, ५ मा बालकृष्ण गौतम र १३ नम्वर वडामा नन्द कुमार महतो विजयी भएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट १ नम्वर वडामा देववहादर थापा र धनप्रसाद लामा ३ नम्वर वडाबाट वडा अध्यक्ष विजयी भएका छन्।

जसपाबाट वडा नम्वर ९ मा सुरेन्द्र कुमार सिंह र ११ बाट सोहेव अनवर वडा अध्यक्ष विजयी भएका छन्।
गोलबजार नगरक्षेत्रमा १७ हजार ७३३ पुरुष र १५ हजार ९७८ महिलागरी जम्मा ३३ जहार ७११ मत रहेको छ। जसमध्ये २२ हजार ६७१ मतदान भएको निर्वाचन अधिकृत शिव प्रसाद आचार्यले जानकारी दिए। खसेको भध्ये ३९७ मत बदर र २२ जहार २७४ मत सदर रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप