पर्साका सबै सीमा नाका सिल, चेकजाँच कडाई (भिडियोसहित)
वीरगंज–मंसिर २१ गते बिहिबार हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसंग सिमा जोडिएका पर्साका सबै नाकाहरु ७२ घण्टाका लागि सिल गरिएको छ ।
भारतसंग सिमा जोडिएका पर्साका सबै नाकाहरु गएराति १२ बजे देखि निर्वाचन हुने मंसिर २१ गते राति १२ बजे सम्मका लागि सील गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।
पर्सा जिल्लाको एक सय सात किलो मिटर भूभाग भारतको बिहारसंग जोडिएको छ । निर्वाचन सुरक्षाका लागि भन्दै सोमबार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले भारतसंग सीमा जोडिएका पर्साका नाकाहरु ७२ घण्टाका लागि शील गर्ने निर्णय गरेको हो ।
निर्वाचनको सुरक्षामा सिमापारीबाट हुने खतरालाई मध्यनजर राख्दै भारतसंग सिमा जोडिएका पर्साको एक सय सात किलोमिटर सिमा नाका गएराति देखि ७२ घण्टाका लागि सील गरिएको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए ।
गएराति नाका सील गरिएसंगै सुरक्षाकर्मीहरुले नेपाल–भारत सिमामा सवारी सधानको आवतजावतमा रोक लगाएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडिको ढाट सुरक्षाकर्मीले खसाएर ताल्चा लगाइदिएका छन् ।
नेपाल भारत सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल , मोटरसाइकल, रिक्सा , टयाम्पु समेतका सवारीसधानको आवजावतमा रोक लगाएका छन् ।
सीमा वारपार गर्ने पैदल यात्रुहरुलाइ पनि सुरक्षाकर्मीहरुले शरिर खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिएका छन् । पर्सामा रहेका एक सय ६७ वटा मतदान स्थल मध्ये भारतसंग सीमा जोडिएका स्थानमा रहेका ७३ वटा मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण