लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिन देउवा तयार
सोमबार, २३ जेठ २०७९, ०६ : ०३
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका थिए ।
देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्। शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए ।
देउवाले आइतबार मात्र सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नागरिकता विधेयक अघि बढाउने र लोसपाको माग सम्बोधन गर्ने विषयमा परामर्श लिइसकेका छन् । देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण