ऐश्वर्यादेखि रविनासम्म, यस्तो छ फिटनेशको राज
बलिउड अभिनेत्रीहरु अभिनयको अलवा आफ्नो सुन्दरताका कारण पनि विश्व प्रसिद्ध छन् । ग्ल्यामर दुनियाँमा निकै आकर्षक देखिने अभिनेत्री रियल लाइफमा पनि फिट र सुन्दर देखिन्छन् । उमेर ४५ नाघेपछि आफुलाई सुन्दर र फिट राख्न सफल छन् बलिउडका यी ५ अभिनेत्री ।
ऐश्वर्या : बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या राय बच्चनको क्रेज अहिले पनि बढ्दो छ । ४८ को उमेरमा पनि उनी कोहीभन्दा कम छैनन् । आफ्नो सौदर्य र फिटनेस कायम राख्न उनी जिममा पसिना बगाउँछिन् । हिँडडुलका अलवा खानपानमा पनि ख्याल गर्छिन् । फलफूल, तरकारी र सुख्खा फलफूल उनको खानामा समावेश हुने गर्दछ ।
करिस्मा : बलिउडमा फिटेसन अभिनेत्रीको लिष्टमा करिस्मा कपुर पनि पर्छिन् । ४७ बर्षकी करिस्मा दुई सन्तानकी आमा हुन् । तर उनलाई देखेर त्यो पत्याउन मुस्किल पर्छ । उनी आफूलाई फिट राख्न एक्सरसाइजका अलवा ग्लूटन फ्री डाइट पनि फलो गर्छिन् ।
मलाइका: फिटनेस र ड्रेसिङ सेन्सका हिसावमा अभिनेत्री मलाइका अरोडासँगको प्रतिस्पर्धा सजिलो छैन । ४८ वर्षको उमेरमा पनि उनी त्यतिकै सुन्दर छिन् । उनको फिगरको हेरचाह गर्ने तरिका साँच्चै प्रशंसनीय छ । उनी फिटनेसका लागि कसरतदेखि खानपिनसम्म ध्यान दिन्छिन् । उनी साँझ ७ बजेपछि केही खाँदिनन् ।
शिल्पा : आफूलाई फिट राख्ने अभिनेत्रीमा शिल्पा शेट्टी पनि एक हुन् । आफ्नो सुन्दर फिगरका माध्यमबाट सबैको आकर्षणको केन्द्र बन्दै आएकी शिल्पा दैनिक योगा गर्ने गर्छिन् । त्यसको अलवा उनको खानपिनमा पनि ध्यान रहने गर्दछ ।
रविना : रविना टन्डन पनि बलिउडकी फिट अभिनेत्रीमा पर्छिन् । ४७ वर्षको उमेर, दुई सन्तानकी आमा उनले आफूलाई राम्रोसँग सम्हालिरहेकी छन् । फिट रहन योगा समेत गर्ने उनी घरमा पकाएको खाना खान रुचाउँछिन् । जंक फुडबाट जति टाढा रहन्छौ, त्यति नै आफ्नो फिटनेस र फिगरमा सुधार हुने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण