सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सबै विद्यार्थीलाई सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

मङ्गलबार, ३१ जेठ २०७९, १२ : ०१
मङ्गलबार, ३१ जेठ २०७९

नेपाली काँग्रेसकाे भ्रातृ स‌ंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विधुतिय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरेको छ । नेविसंघले मंगलबार बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रकाे कार्यालयमा पुगेर सबै विद्यार्थीलाई बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएकाे हाे।  केन्द्रका प्राविधिक निर्देशक डा‍. नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले  ज्ञापन पत्र  बुझाएका हुन् । 

उनका अनुसार ​जेष्ठ २५ गते वैकल्पिक उर्जा प्रवद्वन केन्द्रले आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुलो निर्णयलाई नेविसंघले स्वागत गरेको छ । तर आवश्यकताको सिद्धान्त अनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतिय चुलो उपलब्ध गराउनुपर्ने शेर्पाले बताए ।

उनले भने, 'आवश्यकताका आधारमा सबै विद्यार्थीलाई चुल्हो वितरण गर्न नेपाल सरकार तथा वैकल्पिक उर्जा केन्द्रलाई आह्वान गर्न ज्ञापनपत्र बुझाएका छाैं ।विद्यार्थीका आधारभुत समस्यामा हाम्रो सरोकार, विद्युतिय चुल्होमा सहुलियत सबै विद्यार्थीको अधिकार भन्ने नेविसंघकाे नारा छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप