नेपाल बैंकको बजेट प्रशिक्षण कार्यक्रम सम्पन्न
बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरि ४२ जनाको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागीहरुलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र संभावनाहरू सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
बैंकले सम्पूर्ण प्रदेशहरूमा प्रदेशस्तरीय बजेट गोष्ठीहरू सम्पन्न गरी सम्पूर्ण शाखाहरूबाट आएका सल्लाह सुझावहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझाब सहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारिता बढि हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ्ग क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण