शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वनाम शिक्षालयका वार्डेनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बिहीबार, १६ असार २०७९, १८ : ३३
बिहीबार, १६ असार २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन)लाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलले होस्टल वार्डेल रामजी बस्नेतलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेका हुन् ।

 शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई जेठ २१ मा पक्राउ गरेको थियो । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थिए ।

बस्नेतविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए । करिब ६ महिनादेखि वार्डेनले आफ्ना संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताएका छन् । छात्राहरूले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा अदालतमा  मुद्दा लगेको थियो । यसअघि सेन्ट लरेन्स कलेजमा यौन दुव्र्यहार गरेको आरोप लागेका दुईजना शिक्षकलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप