राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ
शनिबार, २१ जेठ २०७९, १८ : ०३
राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ परेका छन् । जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेएन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।
१५, १२ र १३ वर्षका छात्राले आफूमाथि बस्नेतबाट यौन दुर्व्यवहार भएको अभिभावकलाई सुनाएपछि स्कुलमा खबर गरेका छन् । अभिभावकले प्रधानाध्यापकलाई यसबारे जानकारी गराएपछि विद्यालयले प्रहरीमा खबर गरेको थियो । लगत्तै प्रहरीले उनलाई शनिबार रामेछापबाट पक्राउ गरेको हो । रामछाप घर भएका उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी बृत्त बौद्धले जनाएको छ ।
केही साताअघि राजधानीको सेन्ट लरेन्स कलेजमा पनि छात्रामाथि यौन दुर्व्यवहार भएको विषय बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण