सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ

शनिबार, २१ जेठ २०७९, १८ : ०३
शनिबार, २१ जेठ २०७९

राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ परेका छन् । जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेएन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । 

 १५, १२ र १३ वर्षका छात्राले आफूमाथि बस्नेतबाट यौन दुर्व्यवहार भएको अभिभावकलाई सुनाएपछि स्कुलमा खबर गरेका छन् । अभिभावकले प्रधानाध्यापकलाई यसबारे जानकारी गराएपछि विद्यालयले प्रहरीमा खबर गरेको थियो । लगत्तै प्रहरीले उनलाई शनिबार रामेछापबाट पक्राउ गरेको हो । रामछाप घर भएका उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी बृत्त बौद्धले जनाएको छ । 

केही साताअघि राजधानीको सेन्ट लरेन्स कलेजमा पनि छात्रामाथि यौन दुर्व्यवहार भएको विषय बाहिर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप