आज पनि बस्न सकेन कर्णाली प्रदेशसभा बैठक
सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने सकेन । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको हो । उनले शुक्रबारका लागि बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए ।
बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा आज पनि सहमति जुट्न सकेन । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको बताइएको छ । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आएको छ । यो बीचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो लाग्न सकिरहेको छैन ।
एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान राखेको छ । तर सरकार भने बजेट पास गरिसकेपछि मात्र कार्यान्वयनमा लैजाने बताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण