सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
सारांश
- सूर्यविनायक नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ ।
- नगरप्रमुख थापाले बालबालिकाको शतप्रतिशत खोप सुनिश्चितता भएको जानकारी दिनुभयो ।
- नगरपालिकाले स्वास्थ्य र शिक्षामा लगानी बढाएको उहाँले बताउनुभयो ।
भक्तपुर । सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरेका हुन् ।
नगरप्रमुख थापाले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले शतप्रतिशत खोप पाएको बताए । उनले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र सुलभ पहुँचमा लगानी वृद्धि गरेको बताए ।
नगर प्रमुख थापाले भने, “स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र सुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिँदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।”
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक शाखाका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताए। सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षमा खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरी घरदैलोमा पुगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताइन् । उनले खोप लगाउन छुटेका आठ जना बालबालिकालाई पूर्ण खोप दिलाउन सफल भएको बताइन् ।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कअनुसार नगर क्षेत्रमा खोप पाएका १५ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ७५० रहेको, ड्रपआउट सङ्ख्या एक रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ३२९ रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण